३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

आईसीसी क्रिकेटः करण केसीको विष्फोटक ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

१९ जेठ, काठमाडाैँ । करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको छ ।

२९७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे ।

त्यसअघि स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो ।

स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन् । त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए ।

यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई÷दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार ००:१४