उमेरहदले अखिलमा उत्साह, ३२ कटेका तनावमा हुँदा अध्यक्षमा प्रकाश र दीपकको दौड
-किरण देउजा
स्ववियु निर्वाचन (२०८१) मा शर्मानक हारपछि नेकपा (एमाले)को जनवर्गिय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा उमेर हदको बहस ब्यापक रुपमा चल्यो । यस अघि पनि बेला मौकामा उमेरहद र शैक्षिक योग्यताको बहस नभएका होइनन् । तर यसपटक एमालेको ५२ औँ सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षको उमेरहद लगाउने निर्णय नै गरिदिएको छ । जसले गर्दा अनेरास्ववियुको महाधिवेशनमा कुर्ची भाँचिनबाट जोगिने र आर्थिकभार समेत कम हुने आँकलन गरिएको छ ।
उमेरहदको विषयले अखिलमा असन्तुष्टि देखापर्न थालेको छ । विशेष गरी अनेरास्ववियुका महासचिव नरेश रोकाया र उनी निकटका केही कार्यकताहरूले सामाजिक सञ्जालमा पार्टी नेतृत्व अझ विशेष गरी महासचिव शंकर पोखरेलप्रति असन्तुष्टि पोख्न थालका छन् । केहीले सीधै त केहीले साङ्केतिक रुपमा । तर नरेश रोकायाले सन् २०२० अक्टुबर १० मा पोस्ट गरेको स्टाटस अहिले घाँडो बनेको छ । उनी इतरकाले सो स्टाटसको स्कृनसटसहित स्टाटस लेख्दै दोहालो काटिरहेका छन् ।
“नरेशजीले पहिले उमेरहदको पक्षमा सशक्त आवाज उठाउनु भएको तर अहिले उमेरहदको विरोध गरेको सुहाएन, यो त सर्प भए दुला बाहिर हात, सर्प नभए दुला भित्र हात जस्तो भएन र ?” एक पदाधिकारी आक्रोशसहित प्रश्न गर्छन् ।
विभिन्न उपसमितिले काम थाल्यो
२४ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि विभिन्न समिति तथा उपसमितिहरु समितिहरु गठन गरेको छ । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार “विभिन्न समिति र उपसमितिहरुले आ–आफ्नो बैठक राखेर, योजनाबद्ध रुपमा कामहरु सुरु गरेका छन्, महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न सबै जना आ–आफ्नो कार्यक्षेत्रमा लागिरहनु भएको छ ।”
अनेरास्ववियुले गठन गरेका विभिन्न समिति र उपसमितिहरु यसप्रकार छन् ।
– महाधिवेशन मुल व्यवस्थापन समिति संयोजक अध्यक्ष समिक बडाल सहित केन्द्रीय कमिटी सदस्यहरु र केन्द्रीय आयोग सदस्यहरु
– राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन उप समिति संयोजक अध्यक्ष समिक बडाल सहित केन्द्रीय उपाध्यक्षहरु
– विधान मस्यौदा सांगठानिक प्रतिवेदन लेखन उप समिति संयोजक महासचिव नरेश रोकाया सहित केन्द्रीय सचिवहरु, केन्द्रीय आयोग अध्यक्षहरु
– आर्थिक प्रतिवेदन लेखन उप समिति संयोजक कोषाध्यक्ष संगम अर्याल र लेखा आयोग अध्यक्ष
– प्रतिनिधि व्यवस्थापन उप समिति संयोजक महासचिव नरेश रोकाया सहित केन्द्रीय सचिवहरु, संगठन विभाग र कार्यालय विभाग
– खाद्य व्यवस्थापन उप समिति अध्यक्षहरु र कार्यालय विभाग संयोजक उपाध्यक्ष नारायण घर्ती र केन्द्रीय आयोग
– आवास व्यवस्थापन उप समिति संयोजक उपाध्यक्ष गोविन्द गिरी र प्रदेश ईन्चार्जहरु
– मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप समिति संयोजक उपाध्यक्ष मर्यादा विष्ट
– जनपरिचालन उप समिति संयोजक उपाध्यक्ष धर्म गिरी
– स्वयंसेवक उप समिति सचिव दिपेश प्रसाई र केन्द्रीय खेलकुद तथा स्वयम्सेवक विभाग प्रमुख
– प्रचारप्रसार उप समिति संयोजक सचिव प्रकाश पौडेल र केन्द्रीय प्रचार विभाग प्रमुख
– आर्थिक उप समिति संयोजक कोषाध्यक्ष संगम अर्याल सहित केन्द्रीय अध्यक्ष, उपाध्यक्षहरु र महासचिव, आमन्त्रित सदस्यहरु प्रदेश ईन्चार्जहरु, विश्वविद्यालय समन्वयकर्ता
उपाध्यक्ष धर्म गिरीका अनुसार, जनपरिचालन उप समितिको भेला सम्पन्न भैसकेको छ । अरु विभिन्न उप समितिहरुको पनि बैठक भैरहेको छ ।
नेतृत्वमा को आउलान ?
३२ वर्ष उमेर हद लागेपछि पदाधिकारीमा अब ५ जना मात्र बाँकी हुनेछन् । सचिवहरु दिपक धामी, प्रकाश पौडेल, अन्जना शिवाकोटी, आरती भट्टराई र सुजन कडरिया छन् । रामकुमारी झाँक्री, नविना लामा, सुनिता बरालपछि महिला अध्यक्ष बनेर इतिहास रच्ने दाउमा छिन अञ्जना शिवाकोटी । उनको अझै अर्को कार्यकालको लागि समेत उमेर भएको हुँदा उनलाई उपाध्यक्ष या महासचिवमा व्यवस्थापन गर्न खोजिएको छ पार्टी नेताहरूले बताएका छन । कराते खेलाडी समेत भएको हुँदा अनुशासित शिवाकोटीले पार्टीको निर्णय मान्छिन्, दायाँबायाँ गर्दिनन् भनेर नै उनलाई अध्यक्ष बाहेक रोजेको पद दिने सम्भावना रहेको नेताहरू बताउँछन ।
अध्यक्षका दौडमो सबैभन्दा सशक्त दावेदार दिपक धामी र प्रकाश पौडेल देखिएका छन् । अध्यक्षको आकांक्षी प्रकाश पौडेल म्याग्दी जिल्लाको जनकल्याण मावि पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष, म्याग्दी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य एवम् जिल्ला अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश अध्यक्ष हुँदै २०७९ अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । उनी संगठनको प्रवक्ता समेत हुन् । प्रकाश भन्छन् ‘तल्लो कमिटीदेखि निरन्तर क्रियाशिल छु, उमेरहदबारे पहिलोपटक २१ वर्षको उमेरमा नै कुरा उठाएको थिए, अर्को पटक २५ वर्षको हुँदा उठाएको हुँ र अहिलेसम्म उठाउदै आएको छु । कथमकदाचित भोलि यो अधिवेशन समयमा भएन र मेरो उमेर कटे पनि दोधारे कुरा गर्दिन, उमेरहदको पक्षमा नै हुन्छु ।’
उता अध्यक्षको अर्का आकांक्षी दिपक धामी सुदुरपश्चिमबाट काठमाण्डौमा उच्च शिक्षा हासिल गर्न आएका हुन् । धामिले स्तुपा कलेज बौद्धबाट एचए र बिपिएच अध्ययन पुरा गरेका छन् भने अहिले एलएलबी अध्ययनरत छन् । धामीले डोटीको सीताराम उच्च मावि कक्षा ८ मा पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनिति सुरु गरेका थिए । काठमाण्डौमा आएपछि स्तुपा कलेज बौद्धको क्याम्पस कमिटीमा सदस्य हुँदै दुई कार्यकाल अध्यक्ष समेत भएका थिए । त्यसपछि सिटिइभिटि राष्ट्रिय कमिटिको सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएका थिए । नबिना लामा अध्यक्ष हुँदा धामी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि स्थायी कमिटी सदस्य हुदै २०७९मा अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए ।
धामी भन्छन् ‘स्कुलमा पढ्दै गर्दा अनेरास्ववियुको गतिविधि र विद्यार्थीहरुको हक, हित र अधिकारको लागि काम गरेको देखेर नै अनेरास्ववियुमा आवद्ध भएको हुँ । जुन दि देखि अनेरास्ववियुमा आवद्ध भए, सोहि दिन देखिको निरन्तर क्रियाशिलताले गर्दा नै आज यहाँसम्म आइपुगेको छु । साथीहरुको सरसहयोग र साथ पाए भने, संगठनको नेतृत्व गरेर विद्यार्थीहरुको समस्या समाधान गर्न दिलोज्यान दिएर लाग्नेछु ।’ धामी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।
कसको साथ कसलाई ?
उपाध्यक्षहरु धर्म गिरी, गोबिन्द गिरी, नारायण घर्ती र मर्यादा बिस्टले दीपक धामीलाई अघि सारेका छन् । अध्यक्ष समिकले प्रकाश पौडेललाई अध्यक्ष बनाउने आश्वासन दिएका छन् । अनेरास्ववियुका पूर्व अध्यक्ष किशोरविक्रम मल्लदेखि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल समेत पाैडेलकै पक्षमा रहेको स्रोतले जनाएको छ ।
पदाधिकारी को–को ?
पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, विदेश विभाग प्रमुख स्मृति बराल संगठन विभाग प्रमुख आकाश घर्ती मगर, युवा इन्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष समिर रिजाल, अस्कल क्याम्पस स्ववियु अध्यक्ष रुद्रहरी पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, नेपाल कर्मस क्याम्पसका स्ववियु अध्यक्ष बिशाल रोकाहा, आर.आरका नेता जन्मराज उपाध्याय, मदन भण्डारी, महेन्द्ररत्नका स्ववियु अध्यक्ष ईश्वर थापा, त्रिवि स्ववियु कोषाध्यक्ष सन्चमाया सुब्बा, चितवनकी रचना सापकोटा, दाङ इन्चार्ज भीमा डिसि, शंकरदेवको मुना तिवारी, चक्रवर्ती ल क्याम्पसका विहानी पँगेनी, नेपाल कर्मस क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी शर्मीला भण्डारी, मनोज राई, राजेश वली, रोहित बम, प्रेमिका शाही, धर्मशिला रोकाया, रुपा कठायत, नितेश लामिछाने, नुवाकोटका प्रशान्तजंग पाण्डे आदि लबिङमा रहेका छन ।
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १९:४८