हिमालयन लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश
१४ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। जेठ १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्सले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १०:५५








