२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

१३ जेठ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त हुनुभएको छ । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले  साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको हो ।

साथै ,सोही बैठकले रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १३:५७