९ असार २०८२, सोमबार | Mon Jun 23 2025

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्ष मिश्रले लिए शपथ

९ जेठ, काठमाडौं । समृद्धि फाइनान्सकोे सञ्चालक समिति अध्यक्ष अजय कुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेविट कार्ड आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस,क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार ११:४५