नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
८ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको ४.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९३३.६९ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार ९७५.७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १६:५४








