७ असार २०८३, आइतबार | Mon Jun 22 2026

छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ जेठ, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ ११ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले जेठ २५ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : May 22, 2025 at 10:09 am