३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

हकप्रद निष्कासनका लागि एशियन लाइफले ताेक्याे बुकक्लोज मिति

७ जेठ, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार ११:१२