३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ जेठ, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते  बालुवाटारस्थित आम्रपाली ब्याङक्वेटमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो ।  सभा  बिहान ११ बजेबाट सुरू हुने छ ।

सभामा २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १०:०८