७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

४ जेठ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले यो अवधिका लागि प्रतिहजार न्यूनतम ४२ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले  सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्मका दरले बोनस दिने भएको छ।

त्यसैगरी सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रूपैयाँदेखि ६२ रूपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रूपैयाँदेखि ५२ रूपैयाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले सामूहिक सावधिक, नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्म बोनस कायम गरेको छ ।

त्यस्तै, कम्पनीले अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रूपैयाँदेखि ५० रूपैयाँसम्म बोनसदर तोकेको छ । साथै,कम्पनीले एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी रिभर्सनरी बोनस ३८ रूपैयाँदेखि ५६ रूपैयाँसम्म र टर्मिनल बोनस सबै बीमा अवधिमा समान ६ रूपैयाँ दिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : May 18, 2025 at 9:54 am