१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

नाडेप लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ जेठ, काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २५ गते धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा  बिहान साढे १० बजेदेखि सभा सुरु  हुनेछ ।

सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कमपनीले जेठ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : May 18, 2025 at 9:42 am