२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रभु महालक्ष्मी लाइफले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुँदै

२ जेठ, काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले जेठ २६ गते काठमाडौंको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा ८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखिबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभाले सातौँ वार्षिक साधारण सभाबाट ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्द गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : May 16, 2025 at 9:41 am