३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

लाइफ इन्स्योरेन्स कर्पोरेशनले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) ले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १०:५०