माग पूरा नभए अर्जुननरसिंह केसीले बजेटको किताब च्यातेर अनशन बस्ने
३१ वैशाख, काठमाडौँ । नुवाकोट २ बाट प्रतिनिधिसभा निर्वाचित नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुनरसिंह केसीले पासाङल्हामु राजमार्गमा बजेट विनियोजन नगरे बजेटको किताब च्यातेर अनशनस बस्ने चेतावनी दिनुभएको छ । संसदको रोष्ट्रममा उभिएर बुधबार उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत हुने बजेटमा नुवाकोटको पासाङल्हामु राजमार्गको विषय समावेश नभए उहाँले आफूले किताब संसदमै च्यातेर अनशनस बस्ने चेतावनी दिनुभयो । यद्यपी यहाँले उक्त सडकखण्डकको पूरा जानकारी नलिएको पाएको छ । बालाजुदेखि रानीपैवासम्मको सडकको काम ठेक्का लागेर अहिले भैरहेको छ । यसअघि पूर्व प्रधानमन्त्री प्रचण्डका घरबेटीसहितले अलपत्र पारेपछि नौ वर्षपछि ठेक्का तोडेर नयाँ पक्रियाबाट टेण्डर गरी काम भैरहेको छ । यद्यपी विभिन्न कारणले ठेकेदारले समयमा काम गर्न पाएको छैन ।

डा प्रकाशरण महत अर्थमन्त्री हुँदा क्षेत्र नम्बर १ भित्र पर्ने सडकमात्र स्तरोन्ती गर्न खोज्दा समस्या भएको थियो । महत क्षेत्रीयतावादी बन्दा केसीले भने काम भरहेको सडकको बारेमा केही नबोली पूरै सडकको सन्दर्भ संसदमा उप्काउनुभएको छ । केसीले संसदमा उठाएको आवज नुवाकोटको जनताएको भएको भन्दै धेरैले सामाजिक सञ्जाल मार्फत समर्थन जनाइरहेका छन ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार २०:३७







