आज यी कम्पनीका लगानीकर्ताले गुमाए धेरै
३१ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको हो ।
यस दिन गुराँस लघुवित्तको सेयर सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.७१ प्रतिशत, बाराही हाइड्रोपावरको ९.२६ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७.५५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रकाशित मिति : 15:32









