३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

प्रभु महालक्ष्मी लाइफको ४ लाख १८ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

३१ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इन्छुक संस्थापक सेयरधनीहरुले सूचना जारी भएको ३५ दिभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । साथै, तोकिएको समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार ०९:२५