९ असार २०८२, सोमबार | Mon Jun 23 2025

साना किसान विकास लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

२९ वैशाख, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलना १.९६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर एक अर्ब ३९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, वितरणयोग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ छ । चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ छ ।  समीक्षा अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १२:२७