२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

छुट्ला है ! एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२८ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। भोली वैशाख २९ गते सोमबार, बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले जेठ ९ गते  लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : May 11, 2025 at 10:20 am