७ असार २०८३, आइतबार | Mon Jun 22 2026

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ६३८.६४ प्रतिशतले बढ्यो

२८ वैशाख, काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन पनि ३४६.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेकाे छ। कम्पनीको कुल आम्दानी पनि १९८.७२ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि २ करोड ७० लाखबाट बढेर १३ करोड ९ लाख पुगेको छ ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

प्रकाशित मिति : May 11, 2025 at 10:05 am