१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

२६ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल कम्पनीकाे चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीकाे चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : May 9, 2025 at 11:18 am