समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त
२६ वैशाख, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त हुनुभएको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले सञ्चालक सुजन अधिकारीको राजीनामा स्वीकृत गरेको छ । बैठकले बाँकी कार्यकालका लागि रोशन पन्तलाई संस्थापक सेयरधनी एसजी अग्रनाइजेशनका तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १०:४०