२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

आशा गरेअनुसार नीति तथा कार्यक्रम आएनः सांसद परियार

२५ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद जीवन परियारले आशा गरेअनुसार भन्दा नीति तथा कार्यक्रम कमजोरी भएर आएको बताउनुभएको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले आशा गरेअनुसार नीति तथा कार्यक्रम आउन नसकेको भन्दै कार्यान्वयन चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।

“सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रमा केही कुरा दोहोरिएका छन् । केही कुरा नयाँ पनि आएका छन् । त्यसैले मिश्रित प्रकृतिको छ”, उहाँले भन्नुभयो, “पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । आयोजना तथा परियोजना समयमा सम्पन्न हुन सकिरहेको छैन । नीति तथा कार्यक्रममा आएका सकारात्मक विषय बजेटमा आउनुपर्छ ।”

सांसद परियारले सरकारको कमजोरी र निजी क्षेत्रको क्षमताका कारण बजेट कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो । “सबै दलहरूको आर्थिक परराष्ट्र नीति र सामाजिक रुपान्तरणको नीतिमा साझा धारणा बनाउन सकेमा मुलुकको समृद्धि सम्भव छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १६:४१