जगदुल्ला जलविद्युत् आयोजनाबारे छानबिन गर्न सांसद मोदीको माग
२५ वैशाख, काठमाडौँ । सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माग गर्नुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।” उहाँले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गर्नुभयो ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १२:३८








