२४३.०६ प्रतिशतले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?
२५ वैशाख, काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कमपनीको खुद ब्याज आम्दानीमा पनि २८.२९ प्रतिशतले बढेर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी ५५ करोड ५० लाख र रिजर्भको आकार १२.०८ प्रतिशतले बढ्दै ४० करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको निक्षेप संलकन ५ अर्ब ३९ करोड र कर्जा प्रवाह ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.४८ रुपैयाँ, प्रतिसयर नेटवर्थ १४०.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.९७ गुणा रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा सीमित बनेको छ ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १०:३६