२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

विन्ध्यबासिनी हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

२४ वैशाख, काठमाडाैं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको साेही अवधिमा कम्पनीकाे विद्युत बिक्री आम्दानी ३० करोड ६७ लाख रुपैयाँ थियाे ।

चुक्ता पूँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ११ करोड ४६ लाख रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा घटेर ७ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, कम्पनीकाे मूल्य आम्दानी अनुपात ९४.८७ गुणा रहेको छ।

प्रकाशित मिति : 13:23