२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

रुरु जलविद्युतको नाफा २.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२४ वैशाख, काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत हुने आम्दानी २.१२ प्रतिशतले बढेर ११ करोड ८३ लाख पुगेको छ । वित्तीय खर्च ६८ लाखबाट घटेर ४६ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।  यस्तै कम्पनीले १४ लाख ४५ हजार रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ ।

कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ कोषमा १८ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड २४ लाख र कुल चालु दायित्व १० करोड ४३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.६७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 09:38