अष्ट्रेलिया पठाइदिन्छु भनी डेढ करोड ठगी गर्ने गणेश ढकाल पक्राउ
२५ पुस, काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी १ करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले गणेश ढकाल भनिने एक युवकलाई पक्राउ गरेकोछ । मंगलबार पक्राउ परेका पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने ढकालले २५/३० जना मानिसलाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले पुतलीसडकमा गेट्स (GETS) नामक कन्सल्टेन्सी खोलेर भक्तपुर सूर्यविनायक बस्ने आभास खनाललाई क्यानडा पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ दिएका थिए । तर उनले क्यानडा नपठाई बाउन्स चेक दिई कन्सल्टेन्सीसमेत बन्द गरेर फरार भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।
प्रकाशित मिति : 14:23









