४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

८०.०८ प्रतिशतले घट्यो नेपाल माइक्रो इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२२ वैशाख, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ६०५.७४ प्रतिशत बढेर ५ करोड ४६ लाख रुपैयाँबराबर आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी पनि १३०.७५ प्रतिशतले बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च १४६।२९ प्रतिशत बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशत बढेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ  रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१६९ गुणा रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार ११:००