१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी चल्दैन, खटाएको ठाउँमा नजने कर्मचारी हटाइन्छः मन्त्री पण्डित

२५ पुस, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने बताएका छन । मन्त्री पण्डितका अनुसार त्यस्ता कर्मचारी कार्यक्षेत्रमा नगए जागिरबाट हातधोएर अाफ्नो घर जानेछन ।

मंगलबार काठमाडाैँमा अायोजित एक कार्यक्रममा उनले भने ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ ।’  मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए। देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो।

प्रकाशित मिति : January 9, 2019 at 9:18 am