प्रभु महालक्ष्मी लाइफले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१९ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीहरूका लागि हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण गरिनेछ ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १०:५०












