२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सक्कली डलरभित्र कागजको बिटा राखेर ठगी गर्ने दुइजना पक्राउ

२३ पुस, काठमाडौं । बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए ।


उनीहरुले हालसम्म २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले लामो समयदेखि काठमाडाैँकाे विभिन्न ठाउँमा डलर साटिदिन्छु भनेर एकान्तमा लगेर लुटपाट समेत गर्दै आएको बताइएको छ ।

 

प्रकाशित मिति : 17:04