२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कमलपोखरी अतिक्रमण गरी बनाइएको छायाँ सेन्टरको संसदीय समितिले छानविन गर्ने

२४ पुस, काठमाडाैँ । ठमेलमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएको ठमेलको छायाँ सेन्टरको बारेमा संसदीय समितिले छानविन गर्ने भएको छ । संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिले पोखरी हडपी बनाइएको छाया कम्प्लेक्सको छानबिन गर्न लागेको हो ।  समितिका सभापति पूर्णकुमारी सुवेदीले कम्पलेक्सबारे छानबिन गर्ने बताएकी छिन ।

ठमेलमा कमलपोखरी हडपेर बनाइएको कम्प्लेक्सबारे ज्ञापन दिन गएका अभियन्तालाई सुवेदीले छानबिन गर्न लागेको बताएकी हुन ।स्थानीयवासीले विरोध गर्दागर्दै पनि भवन निर्माणको काम रोकिएको छैन भने गत साता एमाले नेता योगेश भट्टराईले कम्प्लेक्सको उद्घाटन गरेका थिए ।

काठमाडौँको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको “ठमेलभित्रको ठमेल” भनेर चिनाइएको छायाँदेवी कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा गैरकानुनीरुपमा हरण गरिएको भन्दै स्थानीयले योगेशले उद्घाटन गर्ने बेलामा कालो व्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरूले चर्को स्वरमा नाराबाजी गर्दै विकासका नाममा प्राचीन कमल पोखरीको गुठी जग्गा विनास गर्न नपाइने बताएका थिए ।

छायाँ सेन्टरको उद्घाटनको गर्दै नेकपा नेता योगेश भट्टरार्इ ।

निर्माण सुरू गर्नुपूर्वनै विवादित बनेको यस जग्गाको विषय मिलाउनका लागि त्यतिखेर सञ्चार माध्यममा समाचार रोक्नका निम्ति तत्कालीन नेकपा एमालेका नेताहरू नै प्रयोग भएका थिए । स्थानीयले साविक काठमाडौँ नगरपंचायत वडा नं ९ को क्षेत्रफल २६–८–०–० ९छब्बिस रोपनी आठ आना भएको जग्गा पुरातात्विक ऐतिहासिक, धार्मिक एवं सांस्कृतीक महत्वको कमलपोखरी, पोखरीको डिल र कित्ता.नं. १०४० को क्षेत्रफल ०–९–२–३ भएको जग्गा चोक जनिई नापजाँच भएको उल्लेखित पोखरी र चोक समावेश भएको जग्गा सार्वजनिक जग्गा भएकोले उक्त क्षेत्र सार्वजनिक नै कायम गर्नेपर्ने बताउँदै अाएका छन ।

साविक काठमाडाैँ नगरपंचायत वडा न. २९ को श्री सिहसार्थ वाह गरुड भगवानको नाममा रहेको कि.नं. १६७ को कमल पोखरीको डिल सहित २६–८–० जग्गा साविकमा दर्ता श्रेस्ता कायम हुनुपर्नेमा उक्त जग्गा मध्ये कि.नं १६७ को क्षेत्रफल १२–१३–२ तथा कि.नं. १०४० को क्षेत्रफल ०९–२–२ जग्गा कायम राखी बाँकी जग्गा स्व. केयुर शम्सेरले आफ्नो पर्खाल भित्र पारी अन्य कित्ता जग्गामा समावेश गरेको र २०३३ सालमा स्थानीय गुठीसँग गरिएको मिलापत्र अनुसार पोखरीको क्षेत्रफल २६–८–० हुनुपर्नेमा कि.नं. १६७ मा जम्मा १२–१३–२ मात्र जग्गा रहेको देखिन्छ अनि कि.नं. १६७ पोखरी र कि.नं. १०४० चोक जनिई नापचाँज भएकोले उल्लेखित पोखरी र चोक ऐतिहासिक, पुरातात्विक धार्मिक सांस्कृतीक सम्पदा भएकोले सार्वजनिक जग्गा हो भन्ने स्पष्ट रहेको रिट दायर गर्ने अधिवक्ता दिपक विक्रम मिश्र बताउँछन ।

प्रकाशित मिति : 12:17