२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

जन्मदर्ता किर्ते गर्ने सिन्धुपाल्चोकका एक वकिल प्रहरी खोरमा

२४ पुस, मेलम्ची । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिको जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ ।

खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफँैले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ ।

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताउनुभयो । रासस

प्रकाशित मिति : 11:24