प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५४ अंकले बढेर २६५६.४९ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा १८ लाख ३१ हजार १९२ रुपैयाँ ५० पैसाबराबरको २ हजार ६५४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 24, 2025 at 10:58 am





