१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी बर्खास्त, गणेश अधिकारी प्रमुखमा नियुक्त

२३ पुस, काठमाडाैँ । मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदबाट बर्खास्त गरेकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय मातहत अाएको विभागका प्रमुख  रेग्मीकाे कार्यसम्पादन क्षमता कमजाेर रहेकाे ठहर गर्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।

सोमबारकै मन्त्रिपरिषद् बैठकले विभागकाे प्रमुखमा प्रशासन विभाग प्रमुख रहेकाे गणेश अधिकारीलाई नियुक्त गरेकाे छ। नवनियुक्त प्रमुख अधिकारीले साेमबार बेलुका नै बरफबागस्थित कार्यालयमा पदभारग्रहण गरेका छन् ।

प्रकाशित मिति : January 7, 2019 at 10:06 pm