आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
७ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा झरेको छ।
आज सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ६८ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५७ करोड २७ लाख ७८ हजार रुपैयाँ, बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख ९३ हजार रुपैंया, निफ्राको ३८ करोड ६२ लाख २१ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३७ करोड ५८ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 20, 2025 at 3:37 pm





