७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेको इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

५ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ।इन्स्योरेन्सले गत माघ १७ गतेसम्म कायम सेयरधनीहरुका लागि, फागुन ८ गतदेखि चैत १४ गतेसम्म ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता अवितिरत हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो।

सो सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा संस्थापक समूहको सेयरका लागि न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारण समूहको सेयरका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिने पर्नेछ। सोभन्दा बढीका लागि सम्पूर्ण सेयर संख्याका लागि आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल र विराटनगर कार्यालयबाट तथा नेको इन्स्योरेन्सको विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरका कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : April 18, 2025 at 10:30 am