बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज बजार ७.०१ अंकले बढेर २६९६.२३ को विन्दुमा बन्द भएको हो ।
उक्त दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५० करोड ७२ लाख १० हजार रुपैयाँ, बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख ७४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख ५५ हजार रुपैयाँ र हिमालयन पावर पार्टनरको ३१ करोड ५७ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १५:१७