३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

नेको इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

१ वैशाख, काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड चैत ३१ गते बाँडफाँड भएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीहरुलाई ४८ लाख ५ हजार ६४०.२० कित्ता हकप्रद सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीको २ लाख २५ हजार २६१.३५ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।

हकभन्दा बढी सेयर माग गरी दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रदबाहेकको रकम वैशाख ३ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार ११:१३