पश्चिमी वायुको प्रभावः उपत्यकासहित देशका केही भागमा वर्षा र हिमपात, चन्द्रागिरीमा हिउँ पर्यो
२३ पुस, काठमाडाैँ । उपत्यकासहित देशका केही पहाडी भूभागमा हल्का वर्षा भएको छ । सोमबार बिहानैदेखि हल्का वर्षा भएको र दिउँसभर वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत सुरू भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडाैँको चन्द्रागिरीमा हिमपात भएको स्थानीय समाजसेवी श्रीहरि थापाले बताएका छन । वर्षासँगै काठमाडाैँ उपत्यकामा चिसो बढेको छ ।
सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।

प्रकाशित मिति : 09:10









