१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

नेप्से घटेपनि बढ्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको हो। यस दिन बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 10, 2025 at 3:32 pm