सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस नवलपुरमा पल्टियो, २३ यात्रु घाइते (घाइतेको नामावलीसहित)
२३ पुस, नवलपुर । नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बस पल्टिदा २३ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु ११ बाहुनेकुनामा सोमबार बिहान करीव ३ बजेतिर बस दुर्घटना भएको हो । सुर्खेतबाट काठमाडौं जानका लागि आउँदै गरेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भै पल्टदा दुर्घटना भएको थियो ।
बस सडकबाट करीव १०० फिट उत्तर साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरूलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् । बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको बिबरण
१. जिल्ला जाजरकोट सिरा गा.पा. ९ बस्ने वर्ष २५ को विमल शाही, मुखमा चोट, अबस्था सामान्य ।
२. जिल्ला कालिकोट बस्ने बर्ष ४५ को पर्याक शाही, टाउकोमा चोट, अबस्था मध्य ।
३. जिल्ला सुर्खेत सिम्तागा.पा. २ बस्ने बर्ष २२कि अस्मिता मल्ल, टाउकोमा चोट, अबस्था मध्यम ।
४. जिल्ला सुर्खेत छोल्पा गा.पा. ५ बस्ने बर्ष १०को अर्जुन मल्ला, निधारमा चोट, अबस्था सामान्य।
५. जिल्ला दैलेक चामुण्डा न.पा. ३ बस्ने बर्ष २५को होम प्र. रेग्मी, निधारमा चोट, अबस्था सामान्य ।
६. ऐ.ऐ. बस्ने बर्ष ३५ निषा शर्मा, ढडमा चोट, अबस्था सामान्य ।
७. जिल्ला सुर्खेत रानछिङ न.पा. १० बर्ष ७० कि बुद्धिहरि कार्की, ढडमा चोट, मध्यम सामान्य ।
८. जिल्ला जुम्ला तिला गा.पा. २ बस्ने बर्ष ३७कि ललिता रावत, ढडमा चोट, मध्यम सामान्य।
९. ऐ.ऐ. बस्ने बर्ष ४५ को कलसे राउत, दाया हातमा चोट, अबस्था सामान्य ।
१०. ऐ.ऐ. बस्ने बर्ष ४० कि मननि राउत, ढडमा चोट, मध्यम सामान्य।
११. ऐ.ऐ. बस्ने बर्ष ३० को टोप ब.कार्की, टाउकोमा चोट, अबस्था मध्यम ।
१२. जिल्ला कालिकोट मानमा खर्चना गा.पा.२ बस्ने बर्ष ५० को धर्म ब.शाहि छाति, पेटमा चोट, अबस्था सिरियस ।
१३. ऐ.ऐ. बस्ने बर्ष ४० कि लुमा बोहोरा, ढडमा चोट, मध्यम सामान्य ।
१४. जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १६ बस्ने बर्ष ३० को भूपेन्द्र बिरकट्टा, टाउकोमा चोट, अबस्था मध्यम
१५. ऐ.ऐ. बस्ने बर्ष २५ को कमल मल्ल, ढडमा चोट, मध्यम सामान्य।
१६. जिल्ला कालिकोट बस्ने बर्ष ३५ कि बिमला बम, छातिमा चोट, अबस्था मध्यम ।
१७. जिल्ला दैलेक बस्ने बर्ष ४६को टोप ब. रावल, दायाहातमा चोट, अबस्था सामान्य ।
१८. जुल्ला जुम्ला बस्ने बर्ष २७ कि मैना बुढा कार्की, टाउकोमा चोट, अबस्था मध्यम ।
१९. ऐ. बस्ने बर्ष ३ को एन्डी कार्की, टाउकोमा चोट, अबस्था मध्यम ।
२०. .जिल्ला दैलेख बर्ष २५कि रामा खत्री, टाउकोमा चोट, अबस्था मध्यम ।
२१. .जिल्ला जुम्ला चनाम गा.पा. १० बस्ने बर्ष ४५ को नन्दप्रसाद देबकोटा, दाया खुट्टामा चोट, अबस्था मध्यम ।
२२. ऐ.ऐ. बस्ने बर्ष ३८ की धर्मा देबकोटा, टाउकोमा चोट, अबस्था मध्यम ।
२३. जिल्ला सुर्खेत पञ्चपुरी न.पा. ८ बस्ने बर्ष ४० को सुरेन्द्रराज गिरी, छातिमा चोट, अबस्ता मध्यम ।
प्रकाशित मिति : 08:01









