आजदेखि नुवाकोटको रूपिङबाट धार्के हुँदै काठमाडौँको माछापोखरीसम्म सीधा बस सेवा सुरू
२३ पुस, नुवाकोट । नुवाकोटको रूपिङबाट धार्के हुँदै काठमाडौँको माछापोखरीसम्म सीधा बस सेवा सुरू भएको छ । आज सोमबारबाट बेलकोटगढी नगरपालिका वडा नम्बर ३ का राजकुमार मुडभरीले सीधा बस सेवा सुरू गरेका हुन । ग्रामीण भेगको धुलम्मे सडकमा मिनिट्रकको पछाडी बसेर यात्रा गर्न यात्रुलार्इ धेरै नै समस्या परेको भन्दै आफूले बस सेवा सञ्चालनमा ल्याएको मुडभरीले बताए ।

रूपिङबाट बिहान ६ः३० बजे हिड्ने बस डाँडागाउँबाट ७ बजे अघि बढ्दै १० बजे काठमाडौँ आइपुग्नेछ । त्यस्तै काठमाडौँबाट १२ बजे सोही बस रूपिङ जाने सञ्चालक मुडभरीले बताए । बसको स्थायी रूट काठमाडौँको माछापोखरीबाट धादिङको धार्के, पनितपौव, आचार्यपोखरी, जिम्मलगाउँ, बाह्रबिसे त्यस्तै नुवाकोट बेलकोटगढी नगरपालिकाको जोगिकोबराबोट, डाँडाँगाउँ हुँदै रुपिङसम्मकाे हुनेछ ।
प्रकाशित मिति : 08:57









