१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२७ चैत, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आगामी वैशाख १९ गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालय आयोजना गर्ने निर्णय गरेको हो। सभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।

सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी वैशाख ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : April 9, 2025 at 11:51 am