२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

२२ पुस, काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजनामध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीन जनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले अधिकारीलाई छानेको हो ।

नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

खुला प्रतिस्पर्धाबाट छानिनु भएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुनुहुन्छ । टेलिकममा अधिकारीको कार्यक्षमताका हालसम्म कसैले प्रश्न उठाउन सकेको छैन ।

प्रकाशित मिति : 19:02