कंसकारलाई कालोमोसो दलेको आरोपमा मोहन वैद्य समूहका सुरेश तामाङ पक्राउ
२२ पुस, काठमाडौं । सुगतरत्नलाई कालोमोसो दलेको आरोपमा मोहन वैद्य समूहका सुरेश तामाङ पक्राउ परेका छन् । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि दुर्व्यवहार गरेको आरोपमा तामाङ पक्राउ परेका हुन् । तामाङ नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य हुन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।
उक्त घटनामा तामाङ संलग्न देखिएकाले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् । प्रहरीले घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको जनाएको छ ।
प्रकाशित मिति : 15:21







