प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२१ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबारको दिन बुधबार २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंकले बढेर २७००.२३ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा २० लाख ८३ हजार २६० रुपैयाँ ३० पैसाबराबरको ३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 3, 2025 at 10:59 am





