माघदेखि अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरण गरिने
२२ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। अछाम र कञ्चनपुरमा यही आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

माघदेखि विवरण संकलन गरिने र असारसम्ममा परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको बताइएको छ। सरकारले संवैधानिक रूपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए।
सरकारले गत मंसिर ३ गते पाँचथरबाट सुरु गरेको परिचयपत्र वितरण सुदूरपश्चिम प्रदेशका १५ जिल्लामा पनि वितरण गर्न लागेको हो।पाँचथरमा १ लाख १० हजार नागरिक र सिंहदरबारका सात हजार कर्मचारी गरी १ लाख १७ हजार जनालाई परिचयपत्र सरकारले वितरण गरिसकेको छ।
चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने सरकारको तयारी छ।
प्रकाशित मिति : 12:51







