सरकारी डाक्टर कर्मचारी समायोजनप्रति असन्तुष्ट, बिरामी जाँच्नै छाडेर मन्त्रालयमा धर्ना
२२ पुस, काठमाडौँ । सरकारी डाक्टर कर्मचारी समायोजनप्रति असन्तुष्ट बन्दै बिरामी जाँच्नै छाडेर मन्त्रालय घेराउमा निस्केका छन् । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका हुन्। सरकारी चिकित्सक संघको आह्वानमा सरकारी चिकित्सकहरूले आइतवार बिहान १० बजे मन्त्रालय घेराउ गरेका हुन् ।

सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यतर्फको कर्मचारीको दरवन्दी तहगत हुनुपर्ने, समायोजन गर्दा स्वास्थ्यका कर्मचारीको एकतह बढुवा हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आज मन्त्रालय घेराउ गरेका हुन् । सरकारी चिकित्सक संघले आफ्ना मागहरू सम्बोधन गरिदिन आग्रह गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपज्ञ समेत बुझाएका थिए ।
संघले कर्मचारी समायोजन तथा स्वास्थ्यमा सांगठनिक संरचनाहरू सम्बन्धी माग पुरा नभए सरकारी चिकित्सकहरूले समायोजन फारम नभर्ने र समायोजन प्रक्रिय नै बहिष्कार गर्ने घोषणा समेत गरेका छन् ।
प्रकाशित मिति : 12:26







