बैतडी र दार्चुलामा भूकम्पको धक्का
२२ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो । शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले बताएका छन ।

भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको प्रमुख बस्नेतले जानकारी दिए । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षति भएको विवरण भने कतैबाट नआएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 10:20









